arrow

एसियाको जीडीपी ४.५ प्रतिशतले बढ्ने अनुमान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १२ मंगलबार
south_asia.jpg

काठमाडौँ ।  बोआओ फोरमले मङ्लबार जारी गरेको गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि दर चार दशमलव पाँच प्रतिशत पुग्ने अनुमान गरिएको छ ।  
 
प्रतिवेदनअनुसार सन् २०२४ मा यस क्षेत्रको जीडीपी चा दशमलव चार प्रतिशतले वृद्धि भएको थियो । 

बढ्दो विश्वव्यापी आर्थिक अनिश्चितताका बावजुद, एसिया विश्व अर्थतन्त्रका लागि प्रमुख वृद्धिको इन्जिनका रूपमा रहेको प्रतिवेदनले उल्लेख गरेको छ ।

‘एसियन इकोनमिक आउटलुक एन्ड इन्टिग्रेसन प्रोग्रेस’ प्रतिवेदनमा सन् २०२४ मा जीडीपीको अनुपात र क्रय शक्ति समानतामा विश्वको कुल जीडीपीमा एसियाको जीडीपी ४८ दशमलव एक प्रतिशतबाट बढेर सन् २०२५ मा ४८ दशमलव छ प्रतिशत पुग्ने अनुमान गरिएको छ । 

यसैगरी एसियामा सन् २०२५ मा बेरोजगारी दर चार दशमलव ३९ प्रतिशत हुने अनुमान गरिएको छ । यो विश्वव्यापी बेरोजगार दर चार दशमलव ९६ प्रतिशतभन्दा कम हो 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ