arrow

दुवै सदनको बैठक बस्दै, प्रतिपक्षीले के गर्लान् ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १४ बिहिबार
Parliament_building-1619601493.png

काठमाडौँ । प्रतिपक्षी दलहरुको अवरोधका कारण बुधबारको संसद बैठक अवरोध भयो । विद्युत् प्राधिकरणबाट कुलमान घिसिङको बर्खास्तीलाई लिएर प्रतिपक्षी दलहरूले प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरुद्ध पारे । दूई पटक सम्म समय तोकिए पनि सभा पुन सुचारु हुन सकेन र सभाको बैठक आजको लागि तय भएको छ ।  

प्रतिपक्षी दलहरुकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा चित्तबुझ्दो स्पष्टीकरण नदिएसम्म संसद चल्न नसक्ने बताएको छ । यसैबीच आज दुई वटै संसद्को बैठक बस्ने सूचना जारी भएको छ  । जसअन्तर्गत प्रतिनिधि सभाको बैठक बिहान सवा ११ बजे बस्नेछ । 

बैठकमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् ।   बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने, प्रधानमन्त्री के.पी. शर्मा ओलीले लोक सेवा आयोगको पैंसट्टीऔं वार्षिक प्रतिवेदन (२०८० श्रावण २०८१ आषाढ) पेस गर्नेछन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै मध्यान्ह सवा १२ बजे राष्ट्रिय सभाको बैठकको समय तय गरिएको छ । यद्यपि दुवै बैठकको समय तोकिए पनि प्रतिपक्षीले संसद अवरोध विना चल्न दिनेमा शङ्कै छ । संसद् सचिवालयले सभाको सम्भावित कार्यसूची प्रकाशन गरेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ