arrow

संसद् सञ्चालनमा अझै अन्योल, सभामुख छलफलमै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १५ शुक्रबार
confusion-functioning-parliament-2081.jpg

काठमाडौँ। संसद् गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले छलफल तीव्र पारेका छन्। सभामुख घिमिरेले बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि अझै निकास निस्कन सकेको छैन। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासिया पनि सहभागी रहेका छन्।

हिजो बिहान ११:०० बजेका लागि तय गरिएको बैठक दिउँसो २:०० बजे बस्ने भनिए पनि बैठक बस्न नसके पछि आज बिहान ११:०० बजेसम्मका लागि स्थगित भएको गरिएको थियो। प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर आज बिहान ११:०० सम्म स्थगित गरिएको हो।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भए पछि बैठक बुधवार अवरोध हुँदै आएको बैठक अझै सुचारु हुन नसकिरहेको आजका लागि बोलाइएको थियो।

बैठक नियमित प्रक्रिया अनुसार अघि बढाउन सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकसँग हिजो दिनभर छलफल गरे पनि हल निस्कन नसक्दा बैठक २ दिन देखी सञ्चालन हुन सकेको छैन।

प्रतिपक्षी दलले घिसिङलाइ हटाउने निर्णयका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा जवाफ दिनु पर्ने माग गरिरहेका छन् तर प्रधानमन्त्री ओलीले भने एक जना कर्मचारी हटाउने सरकारको निर्णयमा संसद्मा जवाफ माग्ने कार्य अनुचित भएको बताएका छन्। उनले आफूले घिसिङ हटाउने विषयमा संसद्मा जवाफ नदिने बुधवार बताए पछि सत्ता पक्ष र प्रतिपक्ष बिच टक्कर जारी रहेको छ। तर, प्रतिपक्षको अडान भने प्रधानमन्त्री ओलीले संसद्मा गएर जवाफ दिनु पर्ने कायमै रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ