काठमाडौँ। तीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले शान्तिनगर, तीनकुने हुँदै मनोहरा पुलसम्म शुक्रबार अपराह्न कर्फ्यु आदेश जारी गरेको हो।
दुर्गा प्रसाईँ तथा नवराज सुवेदी नेतृत्वको राजसंस्था पुन:स्थापनाको आन्दोलन अनियन्त्रित बनेको छ। तीनकुनेमा घरमा आगजनी, तोडफोड गरिएको छ। प्रहरीले सयौँ राउन्ड अश्रुग्याँस र हवाई फायर गरेको छ।