arrow

जनकपुरमा स्थानीय र प्रहरीबीच झडप [भिडियो]

दर्जनौँ राउण्ड अश्रुग्याँस प्रहार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १७ आइतबार
janakpur-veed.jpg

काठमाडौँ ।जनकपुरधाम उपमहानगरपालिका-२३ स्थित बिन्धीमा युवक हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ । 

जनकपुरधाम-भिठामोड सडक खण्ड अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका स्थानीयलाई प्रहरीले लाठीचार्ज गरेपछि झडप भएको हो । झडपका क्रममा एक दर्जनभन्दा बढी स्थानीय तथा केही प्रहरीसमेत घाइते भएको बताइएको छ ।   

स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन राउण्ड अश्रुग्याँससमेत प्रहार गरेको छ । १५ दिनअघि होलीको दिन जनकपुरधाम-२३ बिन्धीमा १७ वर्षीय आशु यादवको चक्कु प्रहार गरी हत्या गरिएको थियो । 

घटनामा संलग्न भनिएको एक युवक पक्राउ परे पनि अन्य ६ जना अझै फरार रहेका छन् । हत्यामा संलग्न अन्य व्यक्तिहरूलाई प्रहरीले अझै पक्राउ नगरेको भन्दै स्थानीय आन्दोलित बनेका छन् । उनीहरूले बिहानैदेखि सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ