प्रधानमन्त्रीको भ्रमणको क्रममा थाइल्यान्डमा आधा दर्जन सम्झौता सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २० बुधबार
779
Shares
काठमाडौँ। नेपाल र थाइल्यान्ड बिचमा विभिन्न समझदारी भएका छन्। नेपालको तर्फबाट परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले र थाइल्यान्डका तर्फबाट संस्कृतिसम्बन्धी समझदारी पत्रमा संस्कृति मन्त्री सुदावान वाङसु फाकिजकोसोलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन भने पर्यटन सहयोगसम्बन्धी सम्झौता पत्रमा पर्यटन तथा खेलकुद मन्त्री सोरावाङ तिनथोङले हस्ताक्षर गरेका छन्।
त्यसै गरी नेपाल उद्योग वाणिज्य महासङ्घ र थाइल्यान्डको व्यापार बोर्डबीच पनि सम्झौता भएको छ। महासङ्घ र थाईल्याण्डको थाई चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको हो।
दुवै देशका प्रधानमन्त्रीहरूको उपस्थितिमा आज बैङ्ककमा भएको समझदारी पत्रमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अङगुबोल्कुलले हस्ताक्षर गरे । यस समझदारीले नेपाल र थाइल्याण्डबीच व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने, आर्थिक सहकार्यलाई प्रवर्द्धन गर्ने तथा व्यापार र लगानी विस्तारका लागि संरचित रूपरेखा तयार गर्ने लक्ष्य राखेको छ।
साथै दुई देशबीचको व्यापारिक सहकार्यलाई थप मजबुत बनाउने र आर्थिक सहकार्यलाई विस्तार गर्न महत्त्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ।
त्यस्तै नेपाल उद्योग परि सङ्घ र थाई उद्योग महासङ्घ, नेपाल चेम्बर अफ कमर्स र थाइल्यान्डको पर्यटन परिषद्बिच हस्ताक्षर भएको छ। काठमाडौँ विश्वविद्यालय र सियाम विश्वविद्यालयबिच पनि सम्झौता भएको छ।