arrow

एसिया इन्स्टिच्युट अफ टेक्नोलोजीमा ओलीको प्रवचन

साना देशहरूमाथि जोखिम बढ्दैछ, सबै सजग बनौँ - प्रधानमन्त्री ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २१ बिहिबार
kp-oli-12-22.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना देशहरूमाथि विभिन्न प्रकारका जोखिम बढ्दै गएकाले सबै सजग हुनुपर्ने बताएका छन् । थाइल्यान्डको औपचारिक भ्रमणको सिलसिलामा एसिया इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्रवचन दिँदै साना देशहरूमाथि बढेको चुनौती र जोखिमबारे चिन्ता व्यक्त गरे। 

विश्वव्यापी रूपमा बढिरहेको जलवायु परिवर्तनको असरले देशलाई जोखिममा पारेको बताए । प्रधानमन्त्री ओलीले विश्वव्यापी रूपमा बढेको हतियारको प्रयोगले मानव जीवन र मानवता नै चुनौतीमा परेको जिकिर गरे । अहिले साना र जोखिममा रहेका देशको दुःखको आवाज सुन्ने कोही नभएको बताए । विश्व मानवता र भ्रातृत्वको लागि सबै एकजुट हुन आवश्यक रहेको बताए । उनले अहिले भोगिरहेको जलवायु सङ्कटबारे अहिले नै लड्न नसके देशका नागरिकहरू झनै गरिबी र दुःखमा धकेलिने भएकाले विश्व समुदायलाई गम्भीर हुन आग्रह गरे । 

प्रधानमन्त्री ओलीले गरिबी निवारण गर्दै समृद्धि हासिल गर्न अगाडि सारेको कार्यक्रम र रणनीति एक देशको लागि मात्र नभएर सम्पूर्ण विश्वलाई नै शान्ति सहितको विकासको अवधारणा अगाडि सारेको बताए । एसिया इन्स्टिच्युट अफ टेक्नोलोजीमा नेपाली विद्यार्थीको सङ्ख्या उल्लेख्य छ । जम्मा विद्यार्थीमा नेपाली विद्यार्थीको सङ्ख्या पाँचौँ स्थानमा रहेको छ । 

एआइटीबाट करिब १ हजार ७ सय बढी नेपालीले अध्ययन गरिसकेका छन् । नेपाल यस विश्वविद्यालयको बोर्ड अफ ट्रस्टी पनि हो । नेपालले विभिन्न कार्यक्रम सञ्चलन गर्न एक लाख अमेरिकी डलर सहयोग उपलब्ध गराएको छ । हाल एआइटीमा हाल एक सय ८१ नेपाली विद्यार्थी अध्ययनरत छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ