arrow

नेपालमै बसेर हुण्डी कारोबार गर्ने चिनियाँ नागरिक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २२ शुक्रबार
crime-final-everytime-use.jpg

काठमाडौँ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा एक जना चिनियाँ नागरिक पक्राउ परेकी छिन् । काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने तिब्बत घर तथा भारत सुजा– ३ जोगिन्दर नगर मडी ठेगाना भएकी चिनियाँ नागरिक २६ वर्षीया रिक्से वाङमोलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका–२७ महाबौद्धमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी उनलाई नगद २० लाख ९२ हजार रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । 

उनी उपर जिल्ला अदालत काठमाडौँबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ