arrow

समितिमा प्रहरी महानिरीक्षक

प्रहरी प्रमुखले भने- प्रदर्शनकारीहरुले सिंहदरबार, संसद् र एयरपोर्ट कब्जा गर्ने भनेपछि बल प्रयोग गर्‍यौँ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २२ शुक्रबार
igp-thapa.jpg

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले चैत १५ गतेको आन्दोलनमा राजावादी प्रदर्शनकारीहरू हिंसात्मक गतिविधिमा उत्रिएपछि प्रहरीको सुरक्षा रणनीति कार्यान्वयनमा चुनौती भएको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रहरी प्रमुख थापाले शान्तिपूर्ण आन्दोलन गर्ने भनेका आन्दोलनकारीहरू अराजक र हिंसात्मक तरिकाले अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको बताए । 

उनले प्रदर्शनकारीहरुले सिंहदरबार, संसद भवन र विमानस्थल कब्जा गर्ने भनेपछि सोहीअनुसारको बल प्रयोग भएको बताए । स्रोत साधनको अभावका बाबजुद समेत क्षति कम हुने रणनीतिमा प्रहरी अघि बढेको उनको भनाइ छ । उनले प्रहरीलाई नै मार्ने गरी बुलेट गाडी चलाइएको समेत बताए । उनले प्रहरीले शान्तिपूर्ण आन्दोलन गर्छौँ भनेकै कारण दुर्गा प्रसाईँलाई फेरि मञ्चतिर पठाइएको स्पष्टीकरण दिए । उनले आन्दोलन शुरु हुनुभन्दा अगाडि नै झडप गर्ने र प्रहरीसँग मुकाबिला गर्ने, मञ्चमै उत्तेजक भाषणहरू गर्ने गरेका कारण प्रहरीले बल प्रयोग गर्नुपरेको बताए । उनले प्रहरी आफैँले मञ्चमा अश्रुग्याँस नहानेको दाबी गरे ।

उनले भने, ‘त्यहाँबाट बुलेट गाडी आयो, त्यस्तो हामीले सोचेका पनि थिएनौँ । मेरो २९ वर्षको जीवनमा प्रहरी मार्ने गरी यसरी कुनै गाडी आएको थिएन । त्यसपछि हाम्रो कमान्डरले उनलाई नियन्त्रणमा लिएर झार्ने काम ग¥यो । त्यहाँबाट हामीले उनलाई मञ्चमा पठाएका हौँ । उनी पुग्नुभन्दा अघि नै झडप गर्ने र प्रहरीसँग मुकाबिला गर्ने, एकथरि मञ्चमै उत्तेजक भाषणहरू गर्ने काम गरिरहनु भएको थियो । त्यसपछि मिनभवनको पुलभन्दा पारी अश्रुग्याँस हानिएको हो । आन्दोलनकारी झुण्डझुण्ड भएर आक्रमण सुरु गरे । त्यहाँ नियन्त्रण गर्दागर्दै आन्दोलनकारी बाहिर गए । संसद, सिंहदरबार, एयरपोर्ट कब्जा गर्ने भनेपछि त्यसै अनुसार बल प्रयोग गर्ने चल्यो । ग्याँस सेल हामीले म्याद नाघेकोबारे जानकारी भएन । हामीले नष्ट नगरेको र मौज्दातमा रहेको ग्याँस हामीले प्रहार गरेका हौँ । तर म्याद नाघेको हान्यो भनेर अफवाह कसरी आयो ?’


नेपाल प्रहरीको लागु औषध ब्युरो जलाउने प्रयास हुँदा आन्दोलन स्थल भन्दा बाहिर गोली प्रहार गर्दा सविन महर्जनको निधन भएको बताए । उनले चैत १५ गते नै १६१ जनालाई पक्राउ गरिएकोमा ९४ जनालाई जमानीमा छोडेको बताए । अन्यमाथि राजद्रोह र उपद्रो अपराधमा अनुसन्धान भइरहेकोको उल्लेख गर्नुभयो । प्रदर्शनकारीले ३९ गाडीमा क्षति गरेको र प्रदर्शनमा २ जनाको मृत्यु भएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ