arrow

हिमालयन संवाद

राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्या आउँदा नेपाल एकजुट भएर समाधान गर्न लाग्नुपर्छ - प्रधानमन्त्री ओली [भिडियो]

नेपाल शान्तिको पक्षमा भएकाले कसैको सामरिक गठबन्धनमा नलाग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २५ सोमबार
kp-oli-12-25.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आफ्नो स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध र त्यसको दायित्वहरू निर्वाह गर्न लागेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित हिमालयन संवादमा बोल्दै उनले बङ्गालको खाडीको तातो हावालाई छेक्ने काम नेपालकै हिमालले गरेको बताए । 

उनले समुन्द्रलाई धेरै तातो हुन नदिन र मरुभूमिकरणबाट बचाएर विश्वलाई जोगाउन नेपालको हिमालयन क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले बिना एकता उपलब्धि हासिल हुन नसक्ने भएकाले विविधताका बीचमा एकता हुनुपर्ने बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समस्या आउँदा नेपालीहरू एकजुट हुने गरेको बताए । उनले नेपाल शान्तिको पक्षमा भएकाले कसैको सामरिक गठबन्धनमा नलाग्ने प्रस्ट पारे ।

उनले भने, ‘हाम्रो मुलुक भौगोलिक, प्राकृतिक र संस्कृतिक रूपमा विविधतायुक्त छ । हावापानीको विविधता छ यहाँ । विविधताका बीचमा एकता आवश्यक छ । बिना एकता हामीले चाहेका उपलब्धि हासिल हुन सक्दैनन् । विविधता अभिशाप होइन, सम्पत्ति हुनुपर्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्या आउँदा नेपाल एकजुट भएर समाधान गर्न लाग्नुपर्छ । अन्तर्राष्ट्रिय जवाफदेहीतासहितको न्यायोचित राष्ट्रिय हित र विचारलाई छोड्नु भन्ने होइन । कुनै छिमेकीसँग बढी मित्रता भन्ने खालको कोल्टिने राजनीति गर्नु हुँदैन । हामी कसैको सामरिक गठबन्धनमा लाग्दैनौँ । हामी शान्तिका पक्षमा छौँ । यसले मरुभूमिकरणबाट पनि बचाउने भएकाले हाम्रो अन्तर्राष्ट्रिय उत्तरदायित्व रहेको छ ।’

राष्ट्रिय हित र अन्तर्राष्ट्रिय उत्तरदायित्व र जवाफदेखितालाई आत्मसाथ गरेर अघि बढ्नुपर्ने बताए । उनले नेपाल दुई ठूला छिमेकी देशको बीचमा रहेकाले दुवै मित्रराष्ट्रसँग बराबरको सम्बन्ध कायम गर्नुपर्ने बताए।  उनले थपे, ‘भूराजनीति सचेत प्रयास अगाडि बढाउने कुरा हो । यसले सचेतनताका साथ राष्ट्रिय हितका सच्याइहरुलाई अगाडि बढाउ भन्छ भूराजनीतिले । आफ्ना न्यायोचित पक्षहरु विचारहरु छोड राष्ट्रिय हितलाई छोड भन्दैन भूराजनीतिले । भूराजनीतिको कुरा गर्दा न्यायोचित हुनुपर्छ राष्ट्रिय हित भनेको र अर्को कुरा अन्तर्राष्टिय उत्तरदायित्व र जवाफदेहिता जिम्मेवारीपनका साथ प्रश्तुत गरिएको हुनुपर्छ । नत्र भने या त खोक्रो आडम्बर मात्रै बाँकी हुन्छ या त बलियाको हतियार बन्छ । राष्ट्रिय हित मात्रै जायज छ भन्ने हो भने बलियाले जे गर्‍यो त्यही जायज होला । हामीले हाम्रा छिमेकीहरुको जायज चासो, चिन्ता र सरोकारहरुलाई ध्यान दिनुपर्छ र त्यसलाई ख्याल गरेर काम गर्नुपर्छ । कोल्टिने राजनीति गर्नु हुँदैन । राष्ट्रिय हितलाई केन्द्र भागमा राख्नुपर्छ बराबरीको मित्रता । पेकिङको नजिक पुगिस् कि भन्यो भने नेपालमै छु भन्नुपर्‍यो । दिल्लीको नजिक पुगिस् कि भन्यो भने काठमाडौंमै छु भन्नुपर्छ । हामी आफ्नै ठाउँमा छौँ शत्रुता कसैसँग छैन । सबैसँग मित्रता छैन शत्रुता । हामी कुनै कसैको सामरिक सैन्य गठबन्धनमा लाग्दैनौँ । सामेल हुँदैनौँ प्रष्ट नीति छ । लडाईंको पक्ष विपक्षमा लाग्दैनौँ हामी शान्तिको पक्षमा छौँ । हामी विश्व शान्तिको पक्षमा छौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ