arrow

लिङ्देनको आरोप - प्रहरी प्रमुख युवा सङ्घको सहअध्यक्ष रहेछन् [भिडियो]

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको जिम्मेवार प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख रहेको टिप्पणी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २६ मंगलबार
lingden-12-26.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी प्रमुख आईजीपी दीपक थापा सत्तारुढ दल नेकपा एमालेको भ्रातृ सङ्गठन युवा सङ्घको सहअध्यक्ष भएको गम्भीर आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंको बल्खुमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको जिम्मेवार प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख रहेको टिप्पणी गरे । 

उनले प्रहरीले नै म्याद नाघेको अश्रुग्याँस प्रहार गरेको आरोप समेत लगाए । अनि दुर्गा प्रसाईँले ल्याएर हान्यो म्याद गुज्रेको अश्रुग्याँस ? उनको प्रश्न थियो । उनले देश गणतन्त्रवादीहरूको मात्र नभई राजा आउनुपर्छ भन्नेहरूको समेत भएको कारण अफवाह फैलाउने काम नगर्न सञ्चार गृहहरूलाई आग्रह गरे ।

उनले भने, ‘त्यो दिन (चैत १५ मा) जसरी राज्यले हिंसा भड्कायो मा होइन दुई दर्जनभन्दा बढी मानिसलाई गोली लाग्यो । दुई जनाको ज्यान गयो । कयौँ घाइते भए । त्यसको कुनै हिसाब छैन । भौतिक क्षतिको समेत कुनै हिसाब छैन । तर त्यसको मुलमा अहिलेको राज्यसत्ता, अहिलेका प्रधानमन्त्री, अहिलेका गृहमन्त्री र अहिलेको प्रहरीको नाइके प्रहरी प्रमुख जिम्मेवार छन् । गृहमन्त्रीले आदेश दिए होलान्, प्रहरी चले होलान् भनेको त अहिलेको प्रहरी प्रमुख त एमालेको युवा सङ्घको सहअध्यक्ष पो रहेछ । प्रहरीले हानेको अश्रुग्याँसको एक्सपाइरी डेट, २००८,२०१०,२०१२ छ । त्यो दुर्गा प्रसाईँले हानेको अश्रुग्याँस हो ? अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक भन्छ–हामीले हानेको अश्रुग्याँस कसरी डेट एक्सपाइर हुनसक्छ । प्रहरी प्रहरी नै भएर बस्नुपर्छ कुनै राजनीतिक दलको भातृ सङ्गठन भएर होइन ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ