arrow

भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न 

मलाई आशंका छ भ्रष्टाचार चलिरहेकै छ- ओली [भिडियो]

मुलुकमा सुशासन र विकास चाहिएको छ, भ्रष्टाचारसँग सम्झौता हुन सक्दैन 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २७ बुधबार
kp-oli-27.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा थाहा नहुने गरी भ्रष्टाचार भइरहेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले आफ्नो महामन्त्र 'भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न' दोहोर्‍याउँदै भ्रष्टाचार भइरहेको हुनसक्ने आशंका व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन कायम गर्न आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताए । मुलुकलाई तीव्र गतिमा अगाडि बढाउनको लागि एकपछि अर्को अनुकूलता मिलेको उल्लेख गर्दै अध्यक्ष ओली सरकार परिवर्तन भइहाल्छ कि भन्ने स्थिति नरहेको दाबी गरे । देशमा ठूलो योगदान गरेका र इतिहास बोकेका जिम्मेवार पार्टीहरू बहुमतको साथ सरकारमा रहेकोले मुलुकमा स्थिरता र स्थायित्व रहिरहने प्रधानमन्त्री ओलीको जिकिर छ । उनले वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्म जाने समेत उनको दाबी छ । म

उनले भने, ‘आज हामीलाई सुशासन र विकास चाहिएको छ । सुशासन करप्सनसँग कम्प्रमाइज हुन सक्दैन । तर मलाई आशंका छ भ्रष्टाचार चलिरहेकै छ । म भनिरहेको छु म आफू भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न । तर थाहा नपाउने गरी भ्रष्टाचार भइरहेको हुनसक्छ । त्यसमा तपाईँहरू मद्दत चाहिन्छ । आज तीव्र गतिमा विकास चाहिरहेको छ, देशमा तीव्र परिवर्तन ल्याउनु छ । हाम्रो देशलाई अब विकासमा अगाडि बढाउनका लागि एकपछि अर्को कुराको अनुकूलता हामीसँग छ । एउटा, देशमा ठुलो योगदान गरेका र इतिहास बोकेका जिम्मेवार पार्टीहरू कम्फर्टेबल मेजरिटीका साथ देशको सरकारमा छन् । स्थिरता र स्थायित्व छ, रहन्छ । यो सकारात्मक कुरा हो । भोलि सरकार परिवर्तन भइहाल्छ कि भन्ने स्थिति छैन । यो सरकार कमसेकम ०८४ को चुनावसम्म जान्छ । त्यसपछि पनि यो शिला कायम रहन्छ ।’

यता प्रधानमन्त्री ओलीमाथि नै यति, ओम्नी, गिरिबन्धु लगायत विभिन्न काण्डमा भ्रष्टाचारको आरोप लाग्ने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ