arrow

रहेनन् पूर्व आईजीपी राणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३१ आइतबार
pradip-shamsher-rana-.jpg

काठमाडौँ ।  नेपाल प्रहरीका पूर्वआईजीपी प्रदीपशमशेर राणाको निधन भएको छ । राणाको ७८ वर्षको उमेरमा गएराति निधन भएको हो ।

उनको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए ।

उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा सङ्गठनका थुप्रै कर्मचारी उक्त सङ्गठनमा समायोजित भएका थिए ।

सशस्त्र द्वन्द्वकालमा प्रहरी परिचालन र व्यवस्थापनको चुनौतीलाई उनले सहजताका साथमा निर्वाह गरेका थिए । उनको छोरा दीप शमसेर जबरा नेपाल प्रहरीका एसएसपी पदमा कार्यरत रहेका छन्।

राणा नेपाल प्रहरीको संगठन प्रमुख हुँदा रौतहटका सैयौं युवाहरु नेपाल प्रहरीमा भर्ना भएका थिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ