arrow

लक्ष्मी सनराइज बैंक २४ वर्षमा, निक्षेप साढे तीन खर्ब 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १९ मंगलबार
laxmi-sunrise-english-logo-rectangle.jpg

काठमाडौँ । लक्ष्मी सनराइज बैंक २३ वर्ष पूरा गरी २४ वर्षमा प्रवेश गरेको छ । २०५८ साल चैत ८ गते नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा वित्तीय कारोबार गर्न इजाजत प्राप्त गरेको यस बैंकले चैत्र १९ गतेदेखि आफ्नो पहिलो वित्तीय कारोबार गरेको थियो । 

बैंकको अध्यक्षमा रमण नेपाल छन् भने प्रमुख कार्यकारी अधिकृत सीईओमा अजयविक्रम शाह छन् ।  डिजिटल बैंकिङलाई प्राथमिकता दिएको बैंकमा ५१.०५ प्रतिशत शेयर स्वामित्व संस्थापक शेयरधनीको र ४८.९५ प्रतिशत शेयर स्वामित्व सर्वसाधारण शेयरधनीको छ ।

दुई हजार ७ सय भन्दा बढी कर्मचारीले सर्वसाधारणको आर्थिक हित एवं सुबिधा कायम राख्न कृषि, उद्योग, वाणिज्य तथा सेवाको लागि कर्जा प्रदान गरिरहेका छन् । 

पछिल्लो तथ्याङ्क अनुसार बैंकमा २३ लाख भन्दा बढी सक्रिय ग्राहक छन् । बैंकले देशभरी २५४ वटा शाखा कार्यालय, २८ वटा एक्सटेन्सन काउन्टर, २३९ वटा एटीएमबाट आफ्नो बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

विभिन्न ८ वटा संस्थामा लगानी रहेको यस बैंकका ३ वटा सहायक कम्पनी छन् । ३ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकको ४ खर्ब १० अर्ब रुपैयाँको एसेट पुगेको छ । 

२४ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकले २ खर्ब ८० अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ