arrow

एक लाख ९२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राख्यो कुमारी बैंकले

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ५ शुक्रबार
kumari-bank-limited-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । कुमारी बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको छ । बैंकले १ लाख ९२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले वैशाख ५ गतेबाट ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौँमा आवेदन दिनु पर्नेछ ।  यसमा बैंकका विद्यमान अन्य संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । 

शेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा हाल कायम संस्थापक शेयरधनीले शेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने बैंकले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ