arrow

राजावादीहरू उश्रृंखल, सरकार, प्रहरी र पत्रकारको अपमान [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ७ आइतबार
rpp-agitaion-82-01-07t.jpg

काठमाडौँ । राष्ट्रिय प्रजानन्त्र पार्टी (राप्रपा) सहितका राजावादी कार्यकर्ताहरु उश्रृंखल भएका छन् । बिजुलीबजारमा भेला भएका राजावादीहरूले निषेधित क्षेत्र तोड्नका लागि आक्रामक भएका छन् । 

उनीहरु मर्नदेखि नडराउने भन्दै आक्रामक प्रदर्शन गरिरहेका छन् । उनीहरुले सरकारसँगै पत्रकारलाईसमेत गाली गरिरहेका छन् । उनीहरुले 'झोले पत्रकारलाई कारबाही गर्नुपर्छ' भनी सबै पत्रकारलाई गाली गरेका हुन् । 

उनीहरुले आफूहरुको पक्षमा मात्र समाचार लेख्नसमेत पत्रकारलाई भनेका छन् । राजावादीहरुले भ्रष्टाचारको विरोध गर्ने भन्दै भ्रष्टाचारको घेरा तोडेरै छाड्ने दाबीसमेत गरिरहेका छन् । 

सो क्रममा उनीहरुले प्रहरीलाई पनि गाली गरिरहेका छन् । सरकारलाई नभइ आफूहरुलाई सलाम ठोक्नुपर्नेसमेत भनी प्रहरीको अपमान गरेका हुन् ।

गणतन्त्रवादी सबैलाई उनीहरुले कारबाही गर्नुपर्ने बताए । उश्रृंखल नारा लगाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अपमानजनक शब्दहरुकोसमेत प्रयोग गरिएको छ । 

उनीहरुले राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन गरेका हुन् । तर एउटै ठाउँमा धेरै जम्मा हुनुको सट्टा विभिन्न निषेधित क्षेत्रमा भेला भएर निषेधित क्षेत्र तोड्ने प्रयास गरिरहेका हुन् । 

उनीहरुले आफ्ना पक्राउ परेका नेता रिहाइ गर्न माग गर्ने क्रममा प्रहरीमाथि दुर्व्यवहारसमेत गरिरहेका छन् । 

प्रहरीले संयमित हुन भन्दै बारम्बार माइकिङ गरिरहेको छ । 

rpp-agitation-82-01-07q (1).jpg
rpp-agitation-82-01-07q (2).jpg
rpp-agitation-82-01-07q (3).jpg
rpp-agitation-82-01-07q (4).jpg
rpp-agitation-82-01-07q (5).jpg
rpp-agitation-82-01-07q (6).jpg
rpp-agitation-82-01-07q (7).jpg
rpp-agitation-82-01-07q (8).jpg
rpp-agitation-82-01-07q (9).jpg
rpp-agitation-82-01-07q (10).jpg
rpp-agitation-82-01-07q (11).jpg
rpp-agitation-82-01-07q (12).jpg
rpp-agitation-82-01-07q (13).jpg
rpp-agitation-82-01-07q (14).jpg
rpp-agitation-82-01-07q (15).jpg
rpp-agitation-82-01-07q (16).jpg
rpp-agitation-82-01-07q (17).jpg
rpp-agitation-82-01-07q (18).jpg
rpp-agitation-82-01-07q (19).jpg
rpp-agitation-82-01-07q (20).jpg
rpp-agitation-82-01-07q (21).jpg
rpp-agitation-82-01-07q (22).jpg
rpp-agitation-82-01-07q (23).jpg
rpp-agitation-82-01-07q (25).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ