संसद शुक्रबारदेखि चल्दै, पहिलो दिनमै प्रधानमन्त्रीले सम्बोधन गर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ११ बिहिबार
2.8k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । संसद अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ । यो अधिवेशन बजेट अधिवेशन हुनेछ । पहिलो दिन नै प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची तय भएको छ ।
सभामुख देवराज घिमिरेले बोलाएको कार्य व्यवस्था परामर्श समिति बैठकमा पहिलो बैठकको कार्यसूचीका बारेमा छलफल हुँदा शुक्रबार प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी गरेका हुन् ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार पहिलो दिनको बैठकलाई सबैभन्दा पहिले प्रधानमन्त्रीले सम्बोधन गर्ने समझदारी भएको हो ।