arrow

तीनकुने घटनाका आरोपी रविन्द्र मिश्र र दुर्गा प्रसाईसहित २४ जना थप सात दिन हिरासतमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १४ आइतबार
rajabadi-pradarsan-tinkuney.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक आन्दोलनका आरोपी २४ जनालाई थप सात दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।

ती आरोपीमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि हुन् । 

न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले आइतबार राज्यविरुद्धको कसूर र संगठित अपराध कसूरमा अनुसन्धानका लागि प्रहरीलाई यो म्याद दिएको हो।

यता घटनाका आरोपी रविन्द्र मिश्र र दुर्गा प्रसाईंले हाजिर जमानीमा राख्न माग गर्दै अदालतमा निवेदन दायर गरेका छन् । आइतबारको इजलासमा दुवैले आफ्ना कुरा राखेका थिए । 

उनीहरुले राजसंस्था पुनस्थापनाको नाममा आन्दोलन गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ