उद्योगीहरुसँग छलफल गरेर बजेट बनाउँदा अर्थतन्त्रले गति लिने गगन थापाको विश्वास
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १५ सोमबार
2.5k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बजेटमा कस्ता कुराहरु समेट्ने भन्ने विषयमा उद्योगी व्यवसायीहरुसँग छलफल गरी बनाउँदामात्र विकासले गति लिने बताएका छन् ।
कांग्रेसले उद्योगी व्यापारीहरुसँग बजेटका सम्बन्धमा छलफल गरेरै आफ्नो पार्टीको बजेटमा धारणा पेश गर्ने पनि उनले बताए ।
नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागको आयोजनामा कांग्रेसले उद्योगीहरुसँग छलफल गरेको हो । सो क्रममा अबको बजेट, कानूनका सन्दर्भमा व्यापारीहरुको राय र अबका दिनमा उद्योग क्षेत्रमा कांग्रेसले खेल्नुपर्ने भूमिकाबारे निर्क्योलमा पुग्ने नेता थापाले बताए ।
अन्तरक्रियामा सभापति शेरबहादुर देउवा, उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, प्रवक्ता डा प्रकाशचन्द्र महत, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, चेम्बर अफ कमर्शका कावा अध्यक्ष दीपक मल्होत्रा, नेपाल परिसंघका कार्यवाहक अध्यक्ष वीरेन्द्रराज पाण्डे लगायतका पदाधिकारीहरु उपस्थित रहेका छन् ।
कांग्रेसको उद्योग तथा व्यापार विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठको अध्यक्षतामा भइरहेको कार्यक्रममा श्रेष्ठले कांग्रेस उद्योगी व्यवसायीहरुको हकहितका लागि लड्ने पार्टी भएको बताए ।
उनले निजी क्षेत्रलाई नै विकासको आधार ठानेकोसमेत उनले बताए ।