arrow

अमेरिकी उपराष्ट्रपति जोय बिडेनलाई स्वतन्त्रता सम्मान

logo
प्रकाशित २०७३ पुष २९ शुक्रबार
jo-biden.jpeg
वासिङटन । अमेरिकी उपराष्ट्रपति जोय बिडेनलाई राष्ट्रपति स्वतन्त्रता सम्मानबाट विभूषित गरिएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिडेनलाई उक्त सम्मानबाट विभूषित गरेका हुन् । आश्चर्यजनक एवं अप्रत्याशित सो सम्मानले उपराष्ट्रपति बिडेन निकै भावुक बन्ने क्रममा रोएका थिए ।
 
नागरिकलाई प्रदान गरिने यो सबैभन्दा उच्च अमेरिकी सम्मान हो । सो अप्रत्याशित सम्मानपछि बिडेनले आफू धन्य भएको प्रतिक्रिया दिंदै अबको जीवन केही समय डेमोक्रेटिक पार्टीमै समर्पण गर्ने बताए । 
 
यही जनवरी २० बाट ओबामा र बिडेन ह्वाइटहाउसबाट बाहिरिंदै गर्दा सम्मान कार्यक्रम गरिएको हो ।
 
जनवरी २० मा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमाथि कब्जा जमाउने छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ