arrow

एसियाली भुक्तानी नेटवर्कका प्रतिनिधि बालुवाटारमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २३ मंगलबार
apn-kp-oli.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियाली भुक्तानी नेटवर्क (एपीएन)  को २१औँ फोरमका सहभागीले आज भेट गरेका छन् ।

फोनपेद्वारा आयोजित सम्मेलनमा सहभागी नेपालसहित १३ देशका १४ प्रतिनिधिसँग प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेर सीमापार रिटेल भुक्तानी प्रणाली र डिजिटल वित्तमा क्षेत्रीय सहकार्यको सुदृढीकरणका बारेमा विचार विमर्श गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सूचना र प्रविधिको समयमा एपीएन र फोनपेको समग्र क्षेत्रीय वित्तीय एकता र समन्वयको लागि गरेको योगदानको प्रशंसा गर्दै नेपालको डिजिटल भुक्तानी प्रणालीको विकास र सुधारको महत्त्वलाई जोड दिन आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ