arrow

प्रतिनिधि सभा आकस्मिक समय

सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २४ बुधबार
parliament-82-1-23y.jpg

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक समयमा सांसदहरुले समसामयिक विषयमा सदन मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
 
बैठकमा सांसद महेशकुमार बर्तौलाले आज बिहान मकवानपुर जिल्लाको राक्सिराङमा भएको   बोलेरो (सवारी साधन ) दुर्घटनामा १० जना घाइते भएकामा छ जनाको अवस्था चिन्ताजनक रहेकाले घाइतेको उपचारका लागि सरकारसँग माग गरे ।
  
सांसद माधव सापकोटाले धितोपत्र बोर्डमा ‘कमिसन’का कारण ‘आइपिओ’ रोकिएको समाचार आएकाले यस विषयमा छानबिन गर्ने व्यवस्थाका लागि सरकारलाई ‘रुलिङ’ गर्न सभामुखसँग माग गरे । 
 
सांसद रोशन कार्कीले आइपिओ जारी गर्न पाँचदेखि सात प्रतिशतसम्म कमिसन मागेको कुराको यथार्थ छानबिन गर्न माग गरे । बैठकमा सांसद योगेन्द्र मण्डलले गत चैत ५ गते भएको आगलागीका घटनामा साढे तीन वर्षकी बालिका जलेर मृत्यु भई परिवार अहिले पनि मदरसाको शरणमा रहेकाले यथोचित व्यवस्था गर्न माग गरे ।
  
सांसद ठाकुरप्रसाद गैरेले गैरआवासीय नेपाली सङ्घको कार्यकाल नसकिइ अर्को समिति बनेको समाचार आइरहेको बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ