काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेबाट शुरू हुनेछ ।
बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८२–८३ का लागि गत बैशाख १९ गते प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम पारित गर्ने एजेन्डा रहेको छ।
साथै आजैबाट विनियोजन विधेयकमाथि छलफल शुरू गरिने भएको छ। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छ दिन छलफल भएको थियो ।