arrow

संसद्‌मा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३० मंगलबार
Parliament_building-1619601493.png

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। बैठकको मुख्य कार्यसूची आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने रहेको छ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ। त्यसैगरी, राष्ट्रियसभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुनेछ।

संघीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनमा 'आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)' मा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची तय भएको छ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसअघि वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सदनमा प्रस्तुत गरेका थिए। सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ