arrow

आजको संसद बैठक

प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि छलफल जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३१ बुधबार
Parliament_building-1619601493.png

काठमाडौं । संघीय संसद्को प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा 'भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२' प्रस्तुत गर्ने अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले दर्ता गराएको विरोधको सूचनालाई निर्माणार्थ पेश गरिने सम्भावित कार्यसूची रहेको छ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले 'भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२' प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।

यसैगरी, बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल आज पनि जारी रहने संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूची  छ। 

मंगलबारदेखि नै यो विषयमा सदनमा छलफल भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ