arrow

प्रतिनिधि सभा

भूमि सम्बन्धी विधेयक प्रतिनिधि सभामा पेश

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३१ बुधबार
balaram-adhikari-11-27.jpg

काठमाडौँ ।   भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ आज प्रतिनिधि सभामा पेश भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा उक्त विधेयक प्रस्तुत गरेका हुन्।

विधेयक पेश गर्नुअघि सांसद प्रेम सुवालले विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दर्ता गराएका थिए।

सांसद सुवालको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले विद्यमान कानूनले हाउजिङ कम्पनीहरूले कति जग्गामा सञ्चालन गर्न पाउने भन्ने विषयमा स्पष्ट व्यवस्था गरेको बताए।

सरकारले हाउजिङ कम्पनीहरूलाई जग्गा खरिद गर्न अनुमति दिएको र उनीहरूले नम्बरी जग्गा किन्न पाउने जानकारी मन्त्री अधिकारीले दिए। साथै, हाउजिङ निर्माण गर्न र बिक्री वितरण गर्न पनि अनुमति दिइएको उनले स्पष्ट पारे।

मन्त्री अधिकारीले हाउजिङ कम्पनीहरूलाई जग्गा किन्न, बनाउन र बेच्न पाउने अधिकार अघिल्लो कानूनमा भए पनि पछि जारी गरिएको सूचित आदेशमा छुटेकाले अहिले विधेयकमा समावेश गरिएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ