arrow

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल

विनियोजन विधेयक सही दिशामा, कार्यान्वयनमा ध्यान दिनुपर्छ: सांसद महत [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १ बिहिबार
mahat-02-01.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू सही दिशातर्फ उन्मुख रहेको बताएका छन्। उनले अब यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए।

प्रतिनिधि सभाको आज बिहीबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद महतले आगामी बजेटले यी सिद्धान्त र प्राथमिकतालाई समेटेर ठोस प्रस्तावहरू ल्याउन सक्नुपर्ने बताए। उनले बढ्दो लोकप्रियतावादबाट माथि उठ्न आवश्यक रहेको र दलका शीर्ष नेताहरू नै लोकप्रियताका लागि प्रतिस्पर्धामा उत्रिँदा मुलुकमा अनावश्यक अपेक्षा सिर्जना भएको धारणा राखे।

उनले भने, ‘समग्रमा अर्थमन्त्रीयुद्वारा प्रश्तुत विनियोजन विधेयकका सिद्धान्त र प्रथमिकता उपयुक्त दिशातर्फ उन्मुख छ । मुलभुत रुपमा आउने दिनमा कार्यान्वयनको अवस्था के रहनेछ ? बजेटले यी सिद्धान्त र प्राथमिकताहरुलाई समेटेर अगाडी बढ्न ठोस प्रश्तावहरु कसरी ल्याउँछ । तर यसमा केही कुराहरु छन् जसमा हामी अझै ठोस ढङ्गबाट प्रश्तुत हुन सक्थ्यौं । अहिलेको अवस्था के छ भने लोकप्रियतावादबाट हामी अगाडि बढ्न जरुरी छ । लोकप्रियतावादले यो देशमा धेरै समस्याहरु सिर्जना गरेको छ । अनावश्यक एक्सपेक्टेसन बढाएको छ । लोकप्रियताकै लागि दलका नेताहरु प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले हामीले आफूसँग भएको साधन स्रोतलाई कसरी प्राथमिकिकरण गर्ने ? कसरी एक एक पैसाको सदुपयोग गर्ने ? भन्ने नीतिको मात्रै प्रभावकारिता देखिन्छ । त्यसले मात्रै मुलुकको अर्थतन्त्र उकास्न ठोस योगदान गर्छ भन्ने मलाई लागेको छ ।’

सांसद महतले बजेट निर्माणका क्रममा उपलब्ध साधनस्रोतको प्रभावकारी उपयोग र प्राथमिकीकरणमा जोड दिनुपर्ने बताए। उनले घोषणा मात्र नगरी काम गर्न थाल्नुपर्ने बेला आएको पनि उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ