arrow

समितिमा महामन्त्री थापा

संविधान कार्यान्वयनका कानून चाँडो पारित गर्नु सरकारको मुख्य प्राथमिकता - गगन थापा [भिडियो]

शिक्षा विधेयक, प्रहरी विधेयक लगायतका करिब करिब ४० वटा संघीयता कार्यान्वयनसँग जोडिएका विधेयकहरू पारित गर्नुपर्नेछ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २ शुक्रबार
gagn-thapa-02-02.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान कार्यान्वयनसँग जोडिएका कानूनहरूलाई चाँडो पारित गर्नु सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले संविधान कार्यान्वयनसँग जोडिएका कानूनहरू पारित गर्न सरकारको मात्र पहलकदमीले नपुग्ने बताए। उनले कानूनहरू पारित गर्न सरकार, संसद र संसदीय समितिहरूले सँगसँगै काम गर्नुपर्नेमा जोड दिए।

महामन्त्री थापाले शिक्षा विधेयक, प्रहरी विधेयकलगायत संघीयता कार्यान्वयनसँग जोडिएका करिब ४० वटा विधेयकहरू पारित गर्नुपर्ने चुनौती सरकारमाथि रहेको बताए। उनले सरकारमा रहेका मन्त्रीहरूका शासकीय लक्ष्यहरू पूरा गर्न मद्दत पुग्ने तीसभन्दा बढी कानून पारित गर्नुपर्ने आवश्यकता औंल्याउँदै संसदको सक्रियता बढाउनुपर्ने जिकिर गरे।

उनले भने, “यो सरकारले अहिले आफ्नो कामहरूको मुख्य प्राथमिकतामा संविधान कार्यान्वयनसँग जोडिएका कानुनहरूलाई चाँडोभन्दा चाँडो पारित गर्ने विषय राखेको छ। यहीअनुसार पहलकदमी लिइएको छ। यसका निम्ति सरकारले पहलकदमी लिएर मात्रै हुँदैन। संसद र संसदीय समितिहरूले सँगसँगै काम गर्नुपर्नेछ। शिक्षा विधेयक, प्रहरी विधेयक लगायतका करिब करिब ४० वटा संघीयता कार्यान्वयनसँग जोडिएका विधेयकहरू पारित गर्नुपर्नेछ। अस्ति एक पटक सरकारका मन्त्रीज्यूहरूसँग बसेर तपाईंहरूले तत्काल काम गर्न आवश्यक ठान्नुभएको, जुन कामहरूले तपाईंहरूले लिएका शासकीय लक्ष्यहरू पूरा गर्न मद्दत पुग्छ, ती कानुनहरू कति वटा तुरुन्तै पारित गर्नुपर्दै गर्दा कति वटा कानुनहरू हुन्छ भनेर छलफलमा बस्दा करिब करिब ३० वटाभन्दा बढी कानुनहरू आउने रहेछन्। यसलाई हामीले पास गर्नुपर्नेछ। हाम्रो संसदको सक्रियता यति धेरै बढाउनुपर्नेछ।”

उनले समयमै कानून नबनाउनुमा सरकार, संसद र संसदीय समिति सबै दोषी रहेको धारणा राखे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ