arrow

प्रतिनिधि सभा बैठक जारी [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ६ मंगलबार

काठमाडौँ। प्रतिनिधि सभाको बैठक बसिरहेको छ । बिहान ११ बजेपछि शुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहे पनि स्वास्थ्य बिग्रिएपछि सो कार्यक्रम स्थगित भएको छ । 

प्रधानमन्त्रीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रधानमन्त्रीले सांसदहरूका जिज्ञासालाई सम्बोधन गर्नुपर्ने हुन्छ । 

यसका साथै आजको बैठकमा पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले समितिको वार्षिक प्रतिवेदन, २०८१ पेस गर्ने र भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ