arrow

तिल गाउँका बासिन्दाको उद्धार गर्न सांसद भोटेको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ६ मंगलबार
chiring-bhote.jpg

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद छिरिङ डम्डुल लामा भोटेले हुम्लाको लिमी उपत्यकास्थित तिल गाउँका बासिन्दाहरूको उद्धारका लागि विशेष योजना बनाउन सरकारसँग आग्रह गरेका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भोटेले हिमताल फुटेर तिल गाउँका स्थानीयवासीको जीवन कष्टकर बनेको र उनीहरूलाई अन्यत्र जान पनि कठिनाइ भएको बताए। उनले तत्काल आपत्कालीन बैठक बसेर हेलिकप्टर र भूगोल विज्ञसहितको टोलीलाई घटनास्थलमा पठाई अनुसन्धान गर्न र त्यहाँका बासिन्दालाई गास, बास र कपासको व्यवस्था गर्न माग गरे।

‘हुम्ला जिल्लाको लिमी तिला गाउँको माथि हिमताल फुटेर त्यहाँको अवस्था असाध्यै कष्टकर छ। सम्पर्क गर्दा त्यहाँका गाउँलेहरू न यता जान सम्भव, न उता जान। त्यहाँको जनता रोइरहेको छ, कराइरहेको छ, गुहार मागिरहेको छ। नेपाल सरकारको तर्फबाट दुर्गम हुनुको कारणले पुग्न गाह्रो भइरहेको छ। तत्काल आपत्कालीन बैठक बसेर, हेलिकप्टर, त्यहाँको भूगोल विज्ञ लिएर गएर अनुसन्धान गर्नुपर्छ। त्यहाँका बासिन्दालाई गास, बास र कपासको व्यवस्था गर्नुपर्यो। विशेष प्याकेज तयारी गरेर हुम्ला जिल्लाबाट हिमाल बचाउ अभियान शुरु गर्नुपर्छ,’ सांसद भोटेले भने। उनले हिमाल केन्द्रित विशेष योजना ल्याउन पनि सरकारसँग माग गरे।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ