arrow

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादीहरू पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ७ बुधबार
crime-final-everytime-use.jpg

काठमाडौँ । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका ४ इमाडोल बस्ने धनुषा घर भएका ४० वर्षीय विपलव कुमार कर्ण र काठमाडौं महानगरपालिका ३१ बस्ने रामेछाप घर भएका २७ वर्षीय सुजन घिसिङ तामाङ रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका विपलवलाई ललितपुर इमाडोलबाट र सोही मुद्दामा फरार रहेका सुजनलाई काठमाडौँको जोरपाटीबाट पक्राउ गरेको हो । 

पक्राउ मध्ये विपलवलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ भने सुजनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको प्रहरी वृत्त महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ