काठमाडौँ । टेनिस स्टार नोभाक जोकोभिचले जेनेभा ओपन जितेर इतिहास रचेका छन् । जेनेभा ओपनको फाइनलमा जोकोभिचले ह्युबर्ट हुर्काजलाई ५–७, ७–६ र ७–६ ९ले पराजित गर्दै आफ्नो करियरको १००औं एकल उपाधि जितेका छन् ।
सर्बियाली स्टार जोकोभिच सय एकल उपाधि जित्ने तेस्रो खेलाडी बनेका छन् । उनी भन्दा अगाडि जिमी कोनर्सले १०९ र रोजर फेडेररले १०३ एकल उपाधि जितेका थिए ।
जोकोभिच हालसम्म २४ ग्राण्ड सलाम जितेर शीर्ष स्थानमा रहेका छन् ।