arrow

पोखरा विमानस्थलमा अनियमितता भए कारबाही हुन्छ - प्रधानमन्त्री, 'ह्यान्डओभर' पत्र नदिनुमा प्रश्न

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १३ मंगलबार
kp-oli-02-13.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको पाइए कठोर कारबाही गर्ने बताएका छन्। सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादलाई सम्बोधन गर्दै उनले विमानस्थल ह्यान्डओभर भएको दुई वर्षभन्दा बढी भइसक्दा पनि आधिकारिक हस्तान्तरण पत्र नदिएकोमा आपत्ति जनाए।

प्रधानमन्त्री ओलीले नेपालमा बनेका अन्य विमानस्थलहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उल्लेख गर्दै पोखरा विमानस्थलको हकमा पनि हस्तान्तरण पत्र नदिनुको कारणबारे प्रश्न गरे। "हाम्रा एयरपोर्ट हामीले बनायौँ। चलेका छैनन्। पोखरा एयरपोर्ट बनेको छ। ह्यान्डओभर भएको छ। ह्यान्डओभरको पेपर दिएको छैन," उनले भने, "ह्यान्डओभर गर्नुभयो भने ह्यान्डओभर भयो भन्ने पेपर त दिए भइगयो नि। उसले एयरपोर्ट तयार गरेको भन्ने। ऊ त ठेकेदार हो नि कम्पनी त। उसको त मार्केटिङ बढ्छ। त्यो पत्र पाएका छैनन्, पाउँदैनन्, किन अल्झाएको हो थाहा छैन।"

प्रधानमन्त्री ओलीले विमानस्थलमा कुनै बेथिति वा गल्ती भएको भए त्यसको खोजी गरी कारबाही गरिने चेतावनी दिए। उनले पोखरा विमानस्थलमा बाह्य उडानको चाप कम भए पनि आन्तरिक उडानको चाप भने अत्यधिक रहेको दाबी गरे। उनले कानूनी रूपमा कुनै त्रुटि भए सच्याएर अघि बढ्न सकिने बताए। सरकार र व्यवसायलाई अप्ठ्यारो पारेर कुनै फलिफाप नहुने प्रधानमन्त्रीको भनाइ थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ