काठमाडौँ। ‘भिजिट भिसा’ प्रकरणबारे छानविन गर्न उच्चस्तरीय छानबिन आयोग वा न्यायिक छानविनको माग गर्दै प्रतिपक्षी दलहरूले आइतबार पनि संसद अवरोध कायमै राखेका छन्।
संसद बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहितका विपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएका थिए। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणबारे छानविनलाई सघाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने माग राख्दै गत जेठ १३ गतेदेखि निरन्तर संसद अवरुद्ध पार्दै आएका छन्।