arrow

बुधबारसम्मका लागि सर्यो प्रतिनिधि सभा बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २६ सोमबार
parliament-live.jpg

काठमाडौँ ।  प्रतिनिधिसभाको बैठक यही जेठ २८ गते बुधबार बस्ने भएको छ । सोमबार दिउँसो ३ बजेर ३५ मिनेटमा आधा घण्टापछि बस्ने गरी निर्धारण भएको बैठक निर्धारित समयमा बस्न नसकेपछि स्थगन भएको थियो । 

संसद् सचिवालयले सूचना टाँस गरी अर्को बैठक बुधबार दिउँसो १ बजे जनाएको हो ।      “प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले सभाको अर्को बैठक यही जेठ २८ गते बुधबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ”, सूचनामा भनिएको छ । 

यो महिनाका अधिकांश दिन चल्न नसकेको संसद सोमबारदेखि निरन्तर हुने अपेक्षा सभामुखदेखि दलका नेताहरुले गरिरहेका थिए । सरकारले बजेट सार्वजनिक गरे पनि त्यसमाथि छलफल हुन सकेको छैन । भिजिट भिसा प्रकरणको विषय उठाएर प्रतिपक्ष दलहरुले अवरोध गरेका कारण बैठक बस्न सकेको छैन । 

अब भाका बुधबारको छ । तर सरकार र प्रतिपक्ष दलहरु टसका मस नभएपछि बैठक धकेलिँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ