arrow

रसुवागढी नाका हुँदै भित्रिए साढे चौध हजार बढी ईभी, हजारौँ थन्किए

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २८ बुधबार
raswagadi-.JPG

रसुवा। विगत दश वर्षमा रसुवागढी नाका हुँदै चीनबाट १४ हजार पाँच सयभन्दा बढी विद्युतीय सवारीसाधन ईभी नेपाल भित्रिएका छन्। तर, भन्सार प्रक्रिया पूरा नहुँदा ठूलो सङ्ख्यामा ती सवारीसाधन टिमुरे, घट्टेखोला र रसुवागढी क्षेत्रमा थन्किएका छन्।

रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार, हालसम्म २ हजार ५ सय ७० वटा विद्युतीय सवारीसाधनको मात्र भन्सार जाँचपास भई काठमाडौँतर्फ प्रस्थान गरिसकेका छन्। यसले आयात भएका कुल सवारीको तुलनामा जाँचपासको गति सुस्त रहेको देखाउँछ।

विद्युतीय सवारीसाधनबाहेक, चीनबाट यस नाका हुँदै जुत्ता, चप्पल, तयारी कपडा, रबर, विद्युतीय उपकरणका साथै विभिन्न कृषि उत्पादनहरू पनि आयात हुने गरेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ