arrow

तोकिएको समयमा बस्न सकेन प्रतिनिधि सभा बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २८ बुधबार
parliament-building-new-ban.jpg

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेदेखि बस्ने भनिए पनि समय घर्कदासमेत बैठक शुरु हुन सकेको छैन । 

भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि नियमित कार्यसूचीमा प्रवेश गर्नेमा अनिश्चितता कायम छ ।

गत जेठ दोस्रो सातादेखि लगातार प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ। पटक–पटक सहमतिका लागि दलहरूबीच छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची पनि रहेको छ।

प्रमुख विपक्षी दललगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसदको बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ