प्रतिनिधि सभा बैठक, रास्वपा र राप्रपाको नाराबाजीबीच गृहमन्त्रीको सम्बोधन [लाइभ]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३० शुक्रबार
647
Shares
काठमाडौँ । प्रतिनिधि सभाको बैठक बसिरहेको छ । दलहरुबीच सहमति भएसँगै बैठक जेठ १३ गतेपछि पहिलो पटक बसेको हो ।
यसअघि भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामासँगै उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै विपक्षी दलहरुले बैठक चल्न दिएका थिएनन् ।
आज पनि सांसदहरुले भिजिट भिसा प्रकरणलाई जोडतोडले उचालेका छन् । रास्वपाका मनिष झाले बोलेसँगै आन्दोलन जारी भएको भन्दै नाराबाजी भएको छ ।
रास्वपाको वेलमा पुगेर गरेको नाराबाजी र राप्रपाका सांसदहरूको उभिएर गरेको विरोधबीच गृहमन्त्री रमेश लेखकले सम्बोधन गरेका छन् । उनले आफू कहीँ कतैबाट पनि भिजिट भिसा प्रकरणमा नमुछिएको दाबी गरेका छन् ।
उनले कर्मचारीको भ्रष्टाचारका कारण मन्त्रीले राजीनामा दिने हो भने विगतका फाइल पनि पल्टाउन सबै राजी हो त भनी चुनौती दिएका छन् ।
मन्त्री लेखकले आफूले कुनै पनि अनुसन्धान प्रभावित पार्न नदिनेसमेत बताएका छन् ।
उनले आफ्नो नैतिकताबारे स्पष्ट पारेका छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा आफूले कुनै हस्तक्षेप नगर्ने आश्वासनसमेत दिएका छन् ।
मन्त्री लेखकले आफूले आफ्नो भनाइ राख्न पाउनु पर्ने माग राख्दै आएका थिए ।