प्रतिनिधि सभा बैठक बस्दै: निजामती सेवा विधेयक पारित गर्ने तयारी
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३ मंगलबार
1.8k
Shares
काठमाडौँ। प्रतिनिधि सभाको बैठक आज दिउँसो १:०० बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने मुख्य कार्यसूची तय गरिएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। लामो समयदेखि विचाराधीन रहेको सङ्घीय निजामती विधेयक आजको छलफलपछि पारित हुने सम्भावना छ।
यसैगरी, आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची पनि निर्धारण गरिएको छ।