बस्दै प्रतिनिधि सभा बैठक : प्रधानमन्त्रीसँग प्रश्नोत्तर र मन्त्रालयको बजेटमाथि छलफल
हाम्रा कुरा
प्रकाशित २०८२ असार ६ शुक्रबार
1.6k
Shares
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।
प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था गरिएको छ।
यसैगरी, विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत छवटा मन्त्रालयको समूहीकृत रूपमा छलफल हुनेछ। सङ्घीय संसद सचिवालयले जनाएअनुसार, आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विनियोजनमाथि छलफल हुने सम्भावित कार्यसूची तय भएको छ।