प्रधानमन्त्री ओलीद्वारा दैलेखमा भूमिगत ग्यास स्रोत फेला परेकोमा खुसी व्यक्त
हाम्रा कुरा
प्रकाशित २०८२ असार ६ शुक्रबार
698
Shares
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यासको स्रोत फेला परेकामा खुसी व्यक्त गरेका छन्। उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफू प्रधानमन्त्री हुँदादेखि दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गराएका दिनहरू स्मरण गरेका छन्।
"दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु, समर्थन र विरोध–आवाज थरिथरिका थिए," प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्, "११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ, यो खुसीको समाचार हो।"
यसअघि ओली नेतृत्वको सरकारले दैलेखसहितका केही पहाडी जिल्लामा पेट्रोलियम अन्वेषणका लागि चिनियाँ सहयोगमा भौगर्भिक परीक्षण सुरु गरेको थियो। दैलेखमा ग्यासको यस्तो ठूलो भण्डार फेला पर्नुले देशको ऊर्जा सुरक्षा र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।