arrow

प्रतिनिधि सभा

प्रतिनिधि सभामा सांसद अमरेशकुमार सिंहको अभिव्यक्तिमा नियमापत्ति, रेकर्डबाट हटाउने निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ८ आइतबार
amresh-10-28.jpg

काठमाडौं। आइतबार प्रतिनिधि सभा बैठकमा सांसद अमरेशकुमार सिंहले सरकारले पाँचवटा जिल्लालाई मात्र प्राथमिकतामा राखेर बजेट ल्याएको भन्दै आपत्ति जनाएका छन्। 

उनले ती पाँच जिल्लालाई नेपालमै राखेर अन्य जिल्लाहरूलाई अमेरिका, भारत वा चीनलाई लिजमा दिनुपर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए।

सांसद सिंहको भनाइको बीचमै नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नियमापत्ति जनाएका हुन्। बर्तौलाले संसदको रोस्ट्रमबाट आपत्तिजनक र देशद्रोही अभिव्यक्ति दिएको भन्दै सिंहमाथि कारबाही गर्न माग गरे। उनले उक्त अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै संसदको रेकर्डबाट हटाउन मात्र नभई अन्य कारबाही पनि गरिनुपर्ने बताए।

प्रमुख सचेतक बर्तौलाको मागपछि सभामुख देवराज घिमिरेले सांसद सिंहले अन्य मुलुकको नाम लिएर नेपालको भूमिलाई दिए हुन्छ भनेर बोलेको विषयलाई संसद्को रेकर्डबाट हटाउन निर्देशन दिए। त्यसपछि, संसदमा सभामुख घिमिरे, सांसद सिंह र एमाले सचेतक बर्तौलाबीच सवाल-जवाफ चलेको थियो।

यस घटनाले संसदभित्रको मर्यादा र अभिव्यक्ति स्वतन्त्रताको सीमाबारे नयाँ बहस सिर्जना गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ