प्रतिनिधि सभा बैठक शुरू, मन्त्रीहरू जवाफ दिँदै [लाइभ]
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
691
Shares
काठमाडौँ । प्रतिनिधि सभा बैठक शुरू भएको छ । बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ।
प्रतिनिधि सभा बैठकमा वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, कानून, न्याय तथा संसदीय मामिला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमा उठेका प्रश्नहरूको जवाफ दिइनेछ ।
त्यसैगरी युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम रोजगार तथा सामाजिक सुरक्षा, गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका शीर्षकमाथि पनि छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ।
यता राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे बस्नेछ । यस बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ पेस गर्नेछन् । साथै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
यी बैठकहरूले आगामी आर्थिक वर्षको बजेट प्रक्रिया र विभिन्न विधेयकहरूमाथि थप छलफल अगाडि बढाउने अपेक्षा गरिएको छ।