arrow

संसद अवरोध कायमै

प्रधानमन्त्री ओलीको सम्बोधनका बेला बाहिरिए राप्रपा र रास्वपा सांसद [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १४ शनिबार
rsp-samsad.jpg

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभामा आफ्नो अवरोध कायमै राखेका छन्। शनिबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने बेला राप्रपा र रास्वपा दुवै दलका सांसदहरू संसदबाट बाहिरिएका छन्।

रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै संसदमा अवरोध जारी राखेका हुन्। प्रधानमन्त्रीको सम्बोधन सुरु भएपछि दुवै दलका सांसदहरू बैठक छाडेर बाहिरिएका थिए।

रास्वपा सांसद गणेश पराजुलीले बैठकमा बोल्दै आफ्नो पार्टीको आन्दोलन बहालवाला वा पूर्वन्यायाधीशको संयोजकत्वमा गहन अनुसन्धान आयोग गठनको माग गर्दै जारी रहने चेतावनी दिए। उनको भनाइलगत्तै रास्वपाका सांसदहरू सदनबाट बाहिरिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ