arrow

प्रतिनिधि सभा

नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित: आमाको नामबाट नागरिकता पाउने बाटो खुल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १४ शनिबार
lekhak-at-parliament.jpg

काठमाडौं। नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। सभाको शनिबारको बैठकले यो विधेयक पारित गरेसँगै एकल आमाका सन्तानले आमाको नामबाटै नागरिकता प्राप्त गर्ने बाटो खुलेको छ।

विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले नागरिकताको विषयमा संविधान, कानून र सरकारको धारणा स्पष्ट रहेको बताए। उनले नेपाली नागरिकता पाउनुपर्ने कोही पनि नागरिकताविहीन नहोस् र पाउन नपर्ने व्यक्तिले नागरिकता नपाओस् भन्ने विषयमा सरकार गम्भीर रहेको उल्लेख गरे।

गृहमन्त्री लेखकले संविधानले गैरआवासीय नेपाली नागरिकलाई पनि नागरिकता प्रदान गर्ने व्यवस्था गरेको र त्यसका लागि छुट्टै कानून निर्माणको तयारीमा सरकार जुटेको पनि जानकारी दिए। गैरआवासीय नागरिकता प्राप्त गर्ने व्यक्तिले नेपालमा आर्थिक, सामाजिक र आर्थिक अधिकार प्रयोग गर्न पाउने व्यवस्था रहेको उनले स्पष्ट पारे।

नागरिकताको विषयमा रहेका विवाद र समस्या समाधान गर्नकै लागि सरकारले यो नागरिकता विधेयक संशोधन गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ