संघीय निजामती विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित
हाम्रा कुरा
प्रकाशित २०८२ असार १५ आइतबार
2.3k
Shares
काठमाडौं। लामो समयदेखि छलफलमा रहेको संघीय निजामती सेवा विधेयक, २०८० आइतबार प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। यसले मुलुकको प्रशासनिक संघीयता कार्यान्वयनमा महत्त्वपूर्ण कदम चालेको मानिएको छ।
प्रतिनिधि सभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।
प्रस्तावमाथि सांसदहरूले उठाएका प्रश्नहरूको मन्त्री गुप्ताले जवाफ दिएपछि विधेयकलाई सदनमा पारित गरियोस् भनी पुनः प्रस्ताव गरिएको थियो। प्रतिनिधि सभाका बहुमत सदस्यहरूले सो प्रस्तावमा सहमति जनाएसँगै सभामुख देवराज घिमिरेले विधेयक पारित भएको घोषणा गरे।