arrow

प्रधानमन्त्री ओली स्पेनका प्रधानमन्त्री साञ्चेजद्वारा आयोजित रात्रिभोजमा सहभागी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १७ मंगलबार
oli-spain.jpg

सेभिल्ला (स्पेन)। प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजद्वारा आयोजित रात्रिभोजमा सहभागी भएका छन्।

संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखको सम्मानमा आयोजित यस कार्यक्रममा प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्य सहभागी भएका हुन्। 

प्रधानमन्त्री ओली र प्रधानमन्त्री साञ्चेजबीच आइतबार दुईपक्षीय भेटवार्ता भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ