कुमारी बैङ्कद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु
हाम्रा कुरा
प्रकाशित २०८२ असार १८ बुधबार
555
Shares
काठमाडौँ। नेपाली बैङ्किङ क्षेत्रमा लगातार डिजिटल रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कुमारी बैङ्क लिमिटेडले आफ्नो सेवा सूचीमा नयाँ नवप्रवर्धन थप्दै कुमारी भर्चुअल क्रेडिट कार्ड सेवा सुचारु गरेको छ। फोनपे पेमेन्ट सर्भिस लिमिटेड सँगको सहकार्यमा सुरु गरिएको यो सेवा बैङ्कको मोबाइल बैङ्किङ एप कुमारी स्मार्ट मार्फत सहज रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
भर्चुअल क्रेडिट कार्ड भनेको कुनै भौतिक कार्ड नभई डिजिटल रूपमा जारी गरिने क्रेडिट कार्ड हो। जसलाई ग्राहकहरूले आफ्नो कुमारी स्मार्ट बचत एपमार्फत सहजै मोबाइलबाट सुचारु गर्न सक्नेछन्। फोनपेको क्युआर मर्चेन्टहरूमा पेमेन्ट कारोबार गर्न सकिने यस भर्चुअल क्रेडिट कार्डको भुक्तानीका लागि ग्राहकहरूले अधिकतम ४५ दिन सम्म बिना ब्याज (सर्तहरू लागु हुनेछ) उपभोग गर्न सक्नुका साथै सेटलमेन्टमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्प समेत छान्न सक्ने छन्।
विगत २४ वर्षदेखि निरन्तर सेवा दिँदै आएको कुमारी बैङ्कले विद्युतीय कारोबारलाई प्राथमिकता दिँदै आफ्ना ३०२ शाखा, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखारहित बैङ्किङ इकाई मार्फत सुरक्षित, अत्याधुनिक र प्रभावकारी सेवा प्रदान गर्दै आएको छ।
एटिएम, पीओएस तथा ग्रिन-पिन सुविधा विस्तार गर्नुका साथै भिसा, मास्टर कार्ड तथा यूपिआई कार्ड स्वीकार्यता देशभरका एटिएम / पोसमा लागू गर्दै डिजिटल कारोबारको पहुँच बढाएको बैङ्कले आगामी दिनहरूमा पनि विद्युतीय कारोबारलाई प्राथमिकता दिई अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाहरू प्रदान गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।