arrow

प्रतिनिधि सभा

भिजिट भिसा छानबिन नभएसम्म संसद बहिष्कार गर्ने राप्रपाको अडान यथावत्

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
rsp-rpp.jpg

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन नभएसम्म संसद बहिष्कार गर्ने आफ्नो अडान कायमै राखेको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै राप्रपाकी सांसद अनिसा नेपालीले भिजिट भिसा प्रकरणमा आफ्नो पार्टीले निरन्तर आवाज उठाउँदा पनि सरकारले ’नसुनेझैं गरेको’ आरोप लगाएकी छन्। उनले भनिन्, "जबसम्म छानबिन समिति बन्दैन तबसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा बहिष्कार गर्दछ।"

राप्रपाले यसअघिदेखि नै भिजिट भिसाको दुरुपयोगका घटनामाथि गम्भीर छानबिन हुनुपर्ने माग राख्दै आएको छ। सांसद नेपालीले बाढी–पहिरो पीडितहरूको उद्धार तथा राहतमा समेत ध्यान दिन सरकारको ध्यानाकर्षण गराएकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ