arrow

जनसंख्या वृद्धिदर घट्नु मानव अस्तित्वमाथि नै खतरा: प्रधानमन्त्री ओली

समयमै विवाह गरी ३० वर्षभित्र तीन सन्तान पाइसक्न युवाहरूलाई आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २७ शुक्रबार
pm-oli-27.jpg

काठमाडौँ। लप्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसंख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने बताएका छन्। शुक्रबार विश्व जनसंख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसंख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन्।

प्रधानमन्त्री ओलीले विकास र जनसंख्याको गति सँगसँगै हुनुपर्नेमा जोड दिँदै हरेक व्यक्तिले आफ्नो सन्तान वृद्धि गर्नुलाई धर्तीका लागि उत्तरदायित्वका रूपमा लिनुपर्ने बताए। “मानिस भएकाले हरेक देशको अर्थ छ, धर्तीको अर्थ छ। जनसंख्या हुँदैनथ्यो भने देश हुँदैन। हामीले मानव जातिको सुखपूर्ण अस्तित्व रक्षाका लागि उपयुक्त नीति र कदमहरू चाल्नुपर्छ,” उनले भने।

उनले मानव जाति सृष्टिका लागि मूल्यवान् रहेको बताउँदै, “आफ्नो स्वार्थका लागि मान्छे मार्ने कामधन्धा छोड्न सम्बद्ध सबैसँग अनुरोध गर्दछु। जनसंख्याका बारेमा गोष्ठी र सेमिनार पनि गर्ने अनि आम विनाशका हतियार बनाएर मान्छे पनि मारिरहने क्रमले मानव संसारको अस्तित्व बच्दैन।”

प्रधानमन्त्री ओलीले २० वर्षपछि मात्र विवाह गर्न पाउने कानुनी व्यवस्था भएबमोजिम समयमै विवाह गरी ३० वर्षभित्र तीन सन्तान पाइसक्न युवाहरूलाई आग्रह गरे। उनले "४० कटेपछि रमाउला" भन्ने गीतमा नअल्झन सुझाए।

उनले 'सन्तानले डाँडाकाँडा ढाकून्' नभन भनेर जनचेतना फैलाउँदा उल्टो असर परी सन्तान नै नजन्माउने परिस्थिति सिर्जना भएकोमा चिन्ता व्यक्त गरे। विकसित देशहरूमा समेत जनसंख्याको वृद्धिदर ऋणात्मक हुँदा यसले समग्र विश्व प्रभावित भई मानव अस्तित्वमाथि नै सङ्कट आउनसक्ने चिन्ता उनले व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ